प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । एमालेले संसद अवरोध सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै गरेको हो ।
उनीहरुले सुन तस्करहरुलाई कारबाही गर्नुपर्ने, तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
सदनको अवरोध हटाउन सभामुखले तीन ठूला दलका शीर्ष नेताहरुसँग छलफल गर्दा पनि कुरा मिल्न सकेको छैन । सरकार अझै छानबिन समिति बनाउने पक्षमा छैन ।
एमालेले निरन्तर संसद सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १५:२१
प्रतिक्रिया दिनुहोस्