NRN
आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८६ रुपैयाँ १० पैसामा काराेबार भइरहेको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६० पैसा पाइन्छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ८० पैसा र बिक्रीमा १४५ रुपैयाँ ४६ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ २३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४७ पैसा तोकेको छ।कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५१ पैसा पाइन्छ। 

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ५७ पैसा र बिक्रीमा २८ रुपैयाँ ७० पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा तोकिएको छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३६ पैसा पाइन्छ। 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update