NRN
इन्टर मायमी अमेरिकाको लिग कपको फाइनलमा

इन्टर मायमी अमेरिकाको लिग कपको फाइनलमा पुगेको छ। आज बिहान भएको सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ गोलले पराजित गर्दै इन्टर मियामी लिग कपको फाइनलमा पुगेको हो। 

जोसेफ मार्टिनेजले मायमीका लागि तेस्रो मिनेटमै गोल गरेका थिए। लगतै लिओनल मेसीले पनि २० मिनेटमा मायमीको अग्रता दोब्बर पारे भने जोर्डि अल्बाले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा मायमीका लागि तेस्रो गोल गरे। 

फिलाडेल्फियाका लागि बेडोयाले ७३ मिनेटमा गोल गरेका थिए । ८४ मिनेटमा डेभिड रुइजले मायमीका लागि चौथो गोल गरे।  योसँगै मायमीकाे टोली शनिबार हुने फाइनल खेलमा प्रवेश गरेको छ । शनिबार हुने खेलमा मायमीले नासभिलसँग खेल्नेछ।

मेसीले मायमीका लागि लगातार ६ खेलमा ९ गोल गरिसकेका छन्। 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update