NRN
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रतिपक्षी दल नेतासमेत रहेका ओली शीतल निवास पुगेका हुन् । 

राष्ट्रपति र अध्यक्ष ओलीबीच संसदमा उत्पन्न गतिरोधजस्ता विषयमा कुराकानी भएको छ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ ।

यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पनि बोलाएर पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राखेका थिए। प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update