NRN
निर्देशक झाको निधन

काठमाडाैं ।  सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ बर्षको उमेरमा उनको निधन भएको झाका मित्र बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।

सन् २००० मा चलचित्र ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेयता चलचित्र क्षेत्रमा नदेखिएका झा लामो समयदेखि रोगबाट ग्रसित थिए । दोश्रोपटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल पुर्‍याईएको थियो । झाको अन्त्येष्टी आइतबार नै पशुपति आर्यघाटमा हुनेछ ।

 ‘सोल्टिनी’की अभिनेत्री मेघा पोखरेलसँग दोश्रो विवाह गरेपछि उनी यस क्षेत्रबाट टाढा भएका थिए । पहिलो श्रीमतीतर्फका दुई छोराहरु हाल अमेरिका बस्दै आएको बुझिएको छ । सप्तरीको राजबिराज स्थायि घरभएका झा पछिल्लो समय श्रीमती मेघाका साथमा  काठमाडौँको डिल्लीबजारमा बस्दै आएका थिए । झाले चलचित्रका अलावा केहि टेलिफिल्म तथा वृत्तचित्रहरु निर्देशन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update