सन्दीप लामिछानेविरुद्धको फैसला चरणमा रहेको मुद्दा आज सुनवाइ
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको फैसला चरणमा रहेको मुद्दा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आज मुद्दाको सुनुवाइ हुने भएको हो।
सन्दिपविरूद्धकाे मुद्धाकाे सुनुवाइ यसअघि धेरै पटक सर्दै आएकाेले सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ। आज १ नम्बरमै परेकाेले सुनुवाईले निरन्तरता पाउने सम्भावना छ।
सन्दीपले नाबालिग गौशाला २६ (प्रहरीले दिएको नाम) लाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन्।
यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ११:१९
प्रतिक्रिया दिनुहोस्