NRN
एनआरएनए उपाध्यक्षमा गणेश केसीले दिने भए उम्मेदवारी

- राजन घिमिरे

गैर आबासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा गणेश केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

केसी लामो समयदेखी अष्ट्रेलियालाई कर्मथलो बनाउँदै लामो समयदेखी सामाजिक अभियन्ताको रूपमा लागि पर्दै आएका छन् । उनी संघको वर्तमान कार्यसमितिको उप महासचिब पनि हुन् ।

केसीले उमेदवारी घोषणा गर्दै भनेका छन् -‘ विश्वभर रहेका एनआरएन अगुवा तथा अभियान्ताहरुको सुझाव, सल्लाह तथा आकंक्षा अनुसार आगामी कार्यकालका लागि म उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ -‘ । उनले गैर आबासीय नेपालीहरूले मुलुक समृद्धिको उद्देश्य बोक्दै आएको र यो अभियानमा लाग्नेहरुबीच भावनात्मक सम्वन्ध स्थापना र बलियो संस्था निर्माणका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिने निधो गरेको बताएका छन ।

केसी सन् २००७ देखि एनआरएनए अष्ट्रेलियाको कार्यसमिति सदस्य हुँदै यो संघसँग हातेमालो गर्दै अगाडि बढेका हुन् । उनले एनएसडब्लु स्टेट संयोजक, एनआरएनए अष्ट्रेलियाको दुई कार्यकाल अध्यक्ष, आईसीसी सदस्य हुँदै वर्तमान कार्यसमितिमा उप महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटीको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन भैरहेको छ । उनको यो सोच, शैली र उद्देश्यको यति बेला सर्बत्र प्रशंसा हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update