NRN
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । आफू राष्ट्रपति भएपछि पहिलाे पटक राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका अनुसार राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेका हुन् । 

थापाले बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको बताए । 

एक क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दैँ प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update