सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ
केन्द्रिय अनुसन्धान ब्यूरोले सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
सुन तस्करीमा संलग्न आरोपमा गएराति पक्राउ परेका दुईजनासहित हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० १०:५६
प्रतिक्रिया दिनुहोस्