- राजन घिमिरे
लामो समयदेखी सामाजिक अभियानमा लागि पर्दै आएका र अष्ट्रेलियालाई कर्मथलो बनाउँदै अगाडि बढेका यूवा हुन् दिनेशराज जोशी ।
जुझारू र लगनशील यिनै दिनेशराज जोशीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ( २०२३ -२०२५.) को लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहँदै आएका जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पुर्ब अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन् ।
तनहुँ समाज अष्ट्रेलियाका बरिष्ठ सल्लाहकार रहेका जोशी नेपाली काङेस जन सम्पर्क समिति अष्ट्रेलियाका संस्थापक पनि हुन्। एनआरएनए भित्र राजनिती गर्न हुँदैन भन्ने मान्यता राख्ने जोशीले आफू जुनसुकै पदमा रहँदा वा नरहँदा पनि समाजिक कार्यमा लागि परेको बताउँछन् र यसै अनुरूप उनले कार्य पनि गर्दै आइरहेका छन् ।
कर्मथलो अष्ट्रेलिया भएता पनि उनले आफ्नो क्षमता र दक्षताले भ्याएसम्म नेपाल र नेपालीहरूको हितको पक्षमा आबाज उठाउँदै आइरहेका छन् । प्रबासमा रहनु हुने नेपालीहरूलाई नेपालसँग जोडेर बृहत् सोच र योजनालाई अगाडि बढाउँने उनले कार्यक्रम तयार पारेका छन् ।
त्यसैले त दिनेशराज जोशीको यो उमेदवारीलाई प्रबासमा रहनु हुने नेपाली र गैर आबासीय नेपाली संघसँग जोडिनु हुनेहरूले सकारात्मक रूपमा हेरेका छन् ।