NRN
  • राजन घिमिरे 

डाक्टर भोला रिजालका छोरा जा. कपिल रिजालले पहिलोपटक निर्देशक गरेको चलचित्र  ‘ह्यारीकी प्यारी' को ट्रेलर सार्वजनिक भएको छ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा पैसाको कारण अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहले विवाह गरेको प्रसंग देखाइएको छ। 

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, डिल्लीराम खनाल, रमेश अधिकारीलगायतको अभिनय छ। 

 चलचित्रको कथा निर्देशक आफैंले लेखेका हुन भने पटकथा र संवाद उनलाई  सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर तयार पारेको  हुन्। सुदीप बरालले छायांकन गरेको यो चलचित्रलाई  अर्जुन जिसीले सम्पादन गरेका हुन ।
चलचित्र ह्यारी कि प्यारी माघ २० गतेदेखि प्रदर्शन हुने छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update