NRN
अनेथा कप अन्तर्गत इजरायलको क्लब हापोएल रानानाकाे डेब्यू खेलमै सावित्राकाे गाेल

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी 'साम्बा'ले इजरायलको क्लब हापोएल रानानामा डेब्यू गरेकी छिन् । ‘साम्बा’ ले अनेथा कप अन्तर्गत बिहीबार हादेराविरुद्ध भएकाे डेब्यु खेलमै गोल गरेकी हुन् । 

उक्त गोल(खेल) पछि हापोएल रानानाले अथेना कपको नयाँ सिजनमा विजयी शुरूआत गरेको छ । खेलमा अदी गोल्डेन र साम्बाले एक एक गोर्दा रानानाले २-० गोलको जितसँगै साम्बा युरोपियन क्लबका लागि गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन्।

अगस्ट ३१ बाट इजरायलको महिला लिग सुरू हुँदैछ। अथेना कपमा शीर्ष डिभिजनको लिग खेल्ने ८ टोलीको सहभागिता छन्। 

साम्बा गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update