NRN
बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्नपूर्ण चोकमा दुई जनाको मृत्यु, एक जना घाइते

आज काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने  एक जना बालिका घाइते भएकी छन् । बिहान साढे ७ बजे स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई बालाजुबाट कलंकीतर्फ आउँदै गरेको बागमती प्रदेश ना ५ ख ५०९२ नम्बरको बसले ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती तर उनकाे ठेगाना खुल्न नसकेकाे र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन्। दुबैलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको केहीबेरमा मृत्यु भएको हो। 

दुर्घटनामा अनिताकी ९ बर्षीय छोरी अनिसा घाइते भएकी छन् ।

उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ  भने मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएकाे ४१ बर्षीय बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update