NRN
इन्टर मायमीले जित्याे अमेरिकाको लिग्स कपको उपाधि

इन्टर मायमीले अमेरिकाको लिग्स कपको उपाधि जितेको छ। टेन्नेसेस्थित गोएडिस पार्कमा आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल एक/एकको बराबरीमा सकिएपछि खेल सीधै पेनाल्टीसुटआउटमा पुगेपछि इन्टर मायमीले नासभिल एससीलाई १०-९ ले पराजित गरेको हो ।

कप्तान मेसीले २३ औं मिनेटमा सानदार गोल गर्दै इन्टर मियामीलाई पहिले अग्रता दिलाएका थिए तर ५७ औं मिनेटमा फाब्रिस पिकल्टले नासऐललका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पेनाल्टीसुटआउटमा दुवैतर्फबाट ११-११ पेनाल्टी प्रहार भएकोमा इन्टर मियामीका १० खेलाडीले गोल गरे भने नासऐलका ९ खेलाडीले मात्र गाेल गरे ।

नासभिलका लागि अन्तिम पेनाल्टी प्रहार गरेका गोलकिपर एलिओट प्यानिक्कोले गोल गर्न सकेनन् भने इन्टर मियामीका गोलकिपर ड्राक क्यालेन्डरले विजयी पेनाल्टी प्रहार गरेका थिए ।

प्यानिक्कोका प्रहार बचाएपछि क्यालेन्डरले गोल गर्दै इन्टरलाई उपाधि दिलाउन भूमिका खेले ।

यसै सिजन फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका मेसीले लिग्स कपमा खेलेको सातवटै खेलमा गोल गरे ।उनले लगातार सात खेलमा गोल गरेका मेसी १० गोलसहित मेसी सर्वाधिक गोलकर्ता र प्लेअर अफ दि टुर्नामेन्ट पनि बने ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update