NRN
'प्रचण्ड'ले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् । आज मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा लामो समयदेखि जारी संसद अवरोध खलाउने बारे छलफल गर्न दलका शीर्ष नेतालाई बोलाइएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्ड'ले पहल गर्दै आएका छन् र प्रतिपक्षी दलसँग पटक पटक बैठक बस्दै आएपनि सहमति हुन सकेको छैन ।

दलहरुबीच सहमति जुटाउन आज दिउँसो १ बजे बोलाइएको संसद बैठक अघि प्रधानमन्त्री प्रचण्ड'ले नेताहरुलाई छलफलमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update