एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ
रसुवामा एक जना पैदलयात्री २ किलो सुनसहित प्रकाउ परेका छन् ।
रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीका अनुसार शनिबार साँझ ५ बजे प्रहरीले चेक गर्दा टिमुरेबाट हिँडेर स्याफ्रुवेशी आइरहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका २४ वर्षका सुदीप शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका हुन्।
शेर्पाले सोधपुछका क्रम उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएकाे केही समयपछि प्रहरीले फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १३:१०
प्रतिक्रिया दिनुहोस्