प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।
आइतबार बिहान ७ दलीय बैठकमा संसद्को अवरोध हटाउन छलफल गरेतापनि सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन ।
सभामुख घिमिरेले आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको र सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको थियो ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ । एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।