NRN
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा । एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको  दाबी गरेका थिए ।

अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update