NRN
स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर

महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि आइतबार स्पेनले जित्यो । स्पेनले फाइनलमा इङ्ल्यान्डलाई १—० गोलले हराएको थियो ।

२३ वर्षीय कार्मोना स्पेनकी कप्तान पनि हुन् । स्पेनले महिला विश्वकपको उपाधि उचालेपछि उनले एउटा दुःखद समाचार सुन्नुपर्‍यो ।

स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर सुनाइएको थियो । फाइनलअघि पिताको निधनको खबर थाहा पाएमा उनको र टोलीको प्रदर्शनमा असर पर्ने भएकाले परिवारको सहमतिमै त्यो खबर उनलाई सुनाइएको थिएन ।

उनकाे पिताको निधन तीन दिनअघि नै भएको थियो तर आफ्नो राष्ट्रलाई पहिलो पटक महिला विश्वकपको उपाधि जिताएपछि मात्र उनलाई पिताको निधनको खबर सुनाइएको थियो । 

अप्रत्याशित रूपमा पिताको निधनको खबर सुनेर केही समयअघि खुसीयाली मनाइरहेकी कार्मोना स्तब्ध बनेकी थिइन् । 

उनको आफ्नो पिता लामो समयदेखि बिरामी रहेको जानकारी दिइन् ।

उनी भन्छिन्, ‘शुक्रवार नै पिताको निधन भएको रहेछ । यो खबर मैले आइतबार मात्र थाहा पाएँ । त्यतिबेला हामी उपाधि जितेको खुसीयाली मनाउँदै थियौँ । खबर सुनेपछि आफैलाई सम्हाल्न गाहृो भयो ’। उनले पिताको आशीर्वादकै कारण विश्वकपको फाइनलमा गोल गर्न सकेको पनि बताइन् ।

सामाजिक सञ्जालमार्फत ‘मलाई थाहा छ तपाईले मेरो खेल हेरिरहनुभएको थियो । अनि मेरो प्रदर्शनबाट तपाईले गौरव पनि महसुस गरिरहनुभएको छ,’ । भन्दै उनले पितालाई सम्झिएकी छन् ।साथै ,सामाजिक सञ्जालमा उनले पदकलाई चुमिरहेको तस्बिर पनि सार्वजनिक गरेकी छन् ।

स्पेनिस फुटबल महासङ्घलेपनि कार्मोनाको पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

 

स्पेनिस फुटबल महासङ्घले, ‘हामी मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छौँ । दुःखको यो घडीमा हामी तिम्रो साथमा छौँ, ओल्गा । तिमीले स्पेनिस फुटबललाई लगाएको गुन हामी कहिल्यै चुक्ता गर्न सक्दैनौँ,’ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update