- राजन घिमिरे
नेपाली सिने कर्ममा अथक यौद्दा हुन शोभित बस्नेत । चलचित्रकर्मका एक निरन्तर यात्री बस्नेत निर्माता, निर्देशक अनि अभिनय गरेर तीनै बिधाका एक सशक्त उपस्थिति हुन । आज नेपाली कलाकारिता बिधा झांगिएको छ, बिस्तार भएको छ अनि फलेको र फुलेको छ । त्यस कारण पनि धेरैको मोह यो क्षेत्रमा बढ्न थालेको छ । तर शोभित बस्नेत जस्तै उनको समयको पालाका सर्जकहरूले त्यो समय बलेको आगो तापेका थिएनन् । यो क्षेत्रको भबिष्य अन्यौल , पिडादायक र सुखद नहुंदा पनि यो क्षेत्र छोडेनन् । लागि नै रहे र आजको समयसम्म पनि लागि नै रहेका छन । चलचित्र क्षेत्रमा समर्पित बस्नेतले आजसम्म आइपुग्न जून त्याग , तपस्या र कर्म गरेका छन , त्यो आजको पुस्ताको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ । जे मा लाग्नु हुन्छ कर्मले लाग्नु , जे गर्नु हुन्छ मनबाट गर्नु र निरन्तरता दिनु । सफलता र वाहवाही अबश्य हात लाग्ने छ । यी कुराहरूका बलियो उदाहरण हुन शोभित बस्नेत ।
२५ बर्षदेखी एकै बिधा वा क्षेत्रमा लाग्न सक्नु र टिक्न सक्नु कम धैर्यताको कुरा होइन । उनिसंगै चलचित्रकर्ममा लागेकाहरू आज कुन कुनामा छन , थाहा छैन । तिनीहरू नै आज चलचित्र बिधालाई धिक्कार्दै यो बिधाको खिल्ली उडाउंन पछि पर्दैनन् । कलाकारितामा च्यांखे थापेर छोटो समयमा फाइदा लुटन खोज्नेहरुको त्यस्तो नियतबाट टाढा रहेर शोभित बस्न्तेत आफ्नो यात्रामा पिडा,दुख,बदनाम , जे भएता पनि चलचित्रकर्ममा लागि नै रहे । उनले यो क्षेत्रमा भोगेका तितामिठा कति होलान ? यत्रो यात्रा पार गर्दा उतार चढाबहरु कति आए होलान ? यसको लेखा जोखा गर्दा लामै हुन्छ । उनलाई पनि चलचित्रकर्ममा यत्रो समय लाग्दा दिक्क लागेको थियो होला ।
यो भन्दा राम्रो अबसरहरू पनि आए होलान ।धेरैको हप्की, गाली र बदनाम पनि सहे होलान । तर चलचित्र यात्रालाई छोड्न सकेनन् , त्याग्न सकेनन र निरन्तर रूपमा लागि नै रहे । आज उनकै चलचित्रबाट कलाकारिता बिधामा प्रबेश गरेर् शान , मान र इज्ज्त हात पारेका थुप्रै कालाकारहरू बजारमा छाइरहेका छन । चलचित्र बाहेक शोभितले न केही सोचे , न केही देखे । न त केही नै गरे । नेपाली चलचित्रकर्मका यी साहसी , वजनदार अनि पुराना पुस्तादेखी आजका पुस्तासम्म उत्तिकै पहुँच र उपस्थिति दर्शाउंन सक्षम बस्नेत आज पनि चलचित्र निर्माणमा डटेर लागि परेका छन । बस्नेतले पछिल्लो समय बनाएको चलचित्र जय हो यतिबेला चर्चामा छ ।
अर्पण थापा र माओत्से गुरूंगदेखी निशा अधिकारी , केकी अधिकारी र सलोन बस्नेत जस्ता चलेका कलाकारहरूलाई एउटै फ्रेममा उतारेर शोभितले यो चलचित्र मार्फत सबै बर्ग, तह र तप्काका दर्शकहरूलाई नयां कोशेली दिने प्रयास गरेको देखिन्छ । यसै चलचित्र मार्फत अष्ट्रेलियाको सिड्नीमा आफ्नो क्षेत्रमा पहिचान बनाएका सनराइज ग्रुप अफ कम्पनी सिड्नी रगडेलका सन्चालक सुरज ल्वानगन ( सरकार ) र जय हो रगडेलका सन्चालक राज के अधिकारीलाई निर्माताको रूपमा समाहित गरेर् प्रबासी नेपालीहरूको नेपाली चलचित्र निर्माण बिधाप्रति दह्रो उपस्थिति जनाउंने कार्यमा जून स्वागतयोग्य कार्य गरेका छन , त्यसको सह्राना गर्नै पर्छ ।
भदौ ८ गतेदेखी नेपाल सहित अष्ट्रेलियाका बिभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्र जय हो ले नेपाली चलचित्र बजारमा नयां छलांग मार्ने र दर्शकहरूलाई सिनेमा हलप्रति आकर्षित गर्न सक्ने ठोकुवा गर्न हिच्किचाउंनु भने पर्दैन । यो चलचित्रले पछिल्लो समय पाएको चर्चा र बजारमा ल्याएको सुखद हल्ला सांच्चै चर्चा गर्न लायकको छ ।