NRN
डेनमार्कका शैलन्द्रले किन दिए यूरोप क्षेत्रको उप संयोजक पदमा उम्मेदवारी ?

- राजन घिमिरे

लामो समयदेखी डेनमार्कमा बस्दै आएका शैलेन्द्र अधिकारी ( शैलु ) को सामाजिक कार्यमा आबद्दता नेपालदेखीकै हो । नेपालमा शिक्षण पेशामा लाग्दा कमाएको मान र सम्मानले उनलाई सामाजिक क्षेत्रमा लाग्न सधैँ प्रेरित गरिरह्यो ।

यही प्रेरणा र उत्साह उनमा कहिले पनि मरेन र सेलाएन पनि । अन्तत: प्रबासमा पनि उनी सामाजिक कार्यसँगै नेपाल र नेपालीको हितका निमित्त लागि नै रहे । बेलायतबाट प्रबासी जिबन शुरू गरेका शैलेन्द्र अधिकारी सन् २००९ बाट गैर आबासीय नेपाली संघसँग जोडिएका थिए ।

बेलायतमा रहँदा पनि गैर आबासीय नेपाली संघको अभियानमा जोडिएका उनि दश बर्षदेखी यूरोपको डेनमार्कमा बस्दै आइरहेका छन् । गैर आबासीय नेपाली संघको अभियानमा छुट्टै र बिशिष्ट पहिचान बनाएका अधिकारीले संघको सन् २०२३ - २०२५ को लागि यूरोप क्षेत्रको उप संयोजक पदमा उम्मेदवारी दिने भएका छन् ।

उनको यो उम्मेदवारीलाई पुरा युरोपमा रहनु हुने गैर आबासीय नेपालीहरुले मात्र होइन कि अन्य देशमा रहनु हुने अभियन्ताहरूले पनि सकारात्मक रूपमा लिएका छन् ।

उहाँहरुको भनाई छ -‘ सहनशील, जेहेन्दार अनि पदमा रहँदा होस् या नरहँदा पनि किन नहोस् , सामाजिक अभियानमा डटेर लाग्नु हुने उहाँ जस्तो सामाजिक अभियन्ता संघको लागि आबश्यक छ -‘ ।

बेलायतमा रहँदा पनि गैर आबासीय नेपाली संघसँग हातेमालो गर्दै अगाडि बढेका उनि सन् २०१७ देखी २०१९ सम्म गैर आबासीय नेपाली संघ डेनमार्कको सल्लाहकार भए भने सन् २०१९ - २०२१ महासिचब भएपछी सन् २०२१ -२०२३ अध्यक्ष भएर उल्लेखनीय र सह्रानीय कार्य गरे ।

यतिबेला गैर आबासीय नेपाली संघ डेनमर्कको निर्बतमान अध्यक्ष रहेका अधिकारीले यूरोप क्षेत्रको उप संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेपछी सल्लाह र सुझाब मागिरहेका छन् ।

उनी भन्छन् -‘ सबैको सल्लाह र साथ पाएको छु । उहाँहरुकै सुझाबलाई अंगिकार गरेर म पहिला पनि अगाडि बढेको हो र अब पनि त्यसैगरी बढ्ने छु -‘ अधिकारीको भनाई छ । डेनमार्कको अध्यक्ष रहँदा उनले निकै सुझबुझका साथ गरेको काम र निभाएको कर्तब्यको आज पनि खुलेर तारिफ हुने गरेको छ ।

आफ्नो पालामा अब्बल काम गरेर तारिफ र वाहवाही कमाएका अधिकारीको यो उम्मेदवारीको निर्णयले यतिबेला गैर आबासीय नेपाली संघसँग आबद्द अभियन्ताहरूमा सकारात्मक सन्देश प्रबाह गरेको पाईएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update