NRN
राष्ट्रपतिको स्वकीय सचिवालको अडानका कारण बोर्डले सार्वजनिक गर्यो सम्मानित हुने चलचित्रकर्मीको नामावली

चलचित्र विकास बोर्डले 'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान २०८०' समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै प्रदान गरिने 'विशेष योगदान सम्मान' बाट सम्मानित हुने पैतीस जना चलचित्रकर्मीको नामावली सार्वजनिक गरेको छ । यसैगरी बोर्डले चलचीत्र दीर्घ साधना सम्म्मान पाउने २ जना चलचीत्रकर्मीको पनि नाम सार्वजनिक गरेको छ ! शुक्रवार बसेको बोर्ड बैठकको निर्णयपछि वेबसाइटमार्फत शुक्रबार बेलुकी नाम सार्वजनिक गरिएको हो ।

बोर्डका एक सदस्यले दिएको जानकारी अनुसार राष्ट्रपतिको स्वकीय सचिवालयले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य शर्त भएकाले ती मूल्य र मान्यता पुरा नगरिएका र प्रक्रिया नपुर्याईएका नामावलीमा सम्मान गर्न नसकिने अडान लिएपछि बोर्ड वैठक बस्दै इतिहासमा पहिलोपटक नामावली सार्वजनिक गर्न बाध्य भएको हो ।

बोर्ड पदाधिकारीहरूले नामाबली सार्वजनिक नगरी एकैपटक समारोहमा घोषणा गर्न पटक पटक अनुरोध गरे पनि राष्ट्रपतिको स्वकीय सचिवालयले स्वीकार नगरेको बोर्डका ती सदस्यले बताए ।”लोकतन्त्रमा जनताका सामु सार्वजनिक नगरिएका नामलाई सम्मान गर्नु अथवा पुरस्कृत गर्नु कुनै दृष्टीकोणले उपयुक्त हुन्न” स्वकीय सचिवालयका पदाधिकारीको भनाई उदृत गर्दै ती सदस्यले भने, “ जनताबीच सार्वजनिक गर्ने व्यवस्थाले सरकारी निकायलाई ज़िम्मेबार र जवाबदेही बनाउने हो ।” यसअघि बोर्डले नामावली कार्यक्रमकै क्रममा मंचमै घोषणा गर्ने गरेको थियो ।

त्यसरी समारोहमै घोषणा गरिएका नाममध्ये कतिपयको योगदान, चरित्र र आचरणवाद गम्भीर प्रश्न उठ्ने गरेको थियो । स्वकीय सचिवालयका अनुसार नामावली सार्वजनिक भएसँगै गलत आचरण भएका वा निजी स्वार्थमा सम्मानित गरिएका व्यक्तिको बारेमा प्रश्न उठाउन पाउने सर्वसाधारण अधिकार सुनिश्चित भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update