NRN
स्पेनका फुटबल प्रमुख निलम्बनमा

आफनो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई फिफाले निलम्बन गरेको छ । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा निलम्बन गरेको हो।

सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ ।

उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । गत आइतबार स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

हर्मोसोले चुम्बन अवाञ्छित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन तर रुबियालेसले चुम्बन सहमतिमा भएको दाबी गर्दै आएका छिन् ।

विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।

बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update