NRN
प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहिष्कार

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तर, हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले भने मुख्यमन्त्रीको सपथ ग्रहण वहिष्कार गरेको छ । 

माओवादी संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ समारोहमा समेत माओवादी केन्द्र सहभागी नभएको बताए । 

उनले पाँच वर्षभित्र आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उप्रेतीले यो विषयमा केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको बताए ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update