NRN
कांग्रेसले टुंग्यायो चार समितिका सभापति उम्मेदवार

आज संसदीय समितिमा उम्मेदवारी दर्ता हुदैँछ । 

सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो । 

आज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update