NRN
प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दा

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा परेको छ । नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । 

न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ । काठमाडौँ  जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दाबी गरिएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले बयानका क्रममा अदालतमा बुझाएको किशोरीको जन्म दर्ता किताबको प्रतिलिपिको जाँच गर्न पनि इजलासले आदेश दिएको थियो । 

अदालतको आदेशअनुसार सन्दीपले बयान दिने क्रममा किशोरीको जन्म दर्ता किताबको प्रतिलिपि आफूलाई कुनै शुभेच्छुकले दिएको र त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update