NRN
ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्रीसहित २ सय ९० जनाविरुद्ध मुद्दा दर्ता

बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

आज आइतवार ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।

उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

सरकारी वकील कार्यालयले सञ्चार सचिव कृष्ण बहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य,सीपीका खेतान लगायतलाई थपेर  २९० जनालाई  प्रतिवादी बनाएको छ। 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update