NRN
क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदै

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदैछन् । सन्दीपलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नै विमानस्थल पुगेका छन् ।

आइतबार पेसी तोकिएकाे सन्दीपको मुद्दामा हेर्न नभ्याइनेमा परेपछि उनको पाकिस्तान जाने बाटो खुलेको हो। सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ।

सन्दीप अहिले विहान ११ बजे त्यसतर्फ जान लागेका हुन् । एसिया कप १३ भदौबाट सुरु हुँदैछ ।

नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ ।

अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् । यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update