नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि विनिमय दर सार्वजनिक गरेकाे छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेकाे विनिमय दर अनुसार सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा तोकिएको छ भने पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६५ रुपैयाँ ९६ पैसा र बिक्रीमा १६६ रुपैयाँ ७२ पैसामा काराेबार भइरहेकाे छ।
आइतबारको तुलनामा आज क्यानेडियन डलर १४ पैसा घटेको हो। आइतबार डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएकाे क्यानेडियन डलर आज खरिदमा ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८४ रुपैयाँ ८४ पैसा पाइन्छ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ।
त्यसैगरी, सोमबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ १७ पैसा र बिक्रीमा ४३० रुपैयाँ १२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५६ पैसा तोकिएको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०८ पैसा पाइन्छ।
मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४४ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।