सर्वोच्च अदालतमा सुशासन कायम गर्ने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बताएका छन् ।
स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै सोमवार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने पनि बताए ।
उनले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको समेत बताए । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको पनि श्रेष्ठले जानकारी दिए ।
यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि लागू गरिने उनको भनाइ छ ।