NRN
स्पेनिस ला लिगामा रायो भालेकानोमाथि ७ गोल, एथ्लेटिको मड्रिडकाे शानदार जित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ । यो ला लिगामा एथ्लेटिको मड्रिडको अहिलेसम्मकै फराकिलो जित हो ।

सोमबार राति भएको खेलमा कीर्तिमानी जित निकाल्ने क्रममा एट्लेटिकोले रायो भालेकानोलाई ७-० गोलले हरायो। 

१६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६ औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरेपछि एथ्लेटिको मड्रिडले ७–० को जित निकाल्यो ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा भने ९ अंकसहित रियल मड्रिड छ भने रायो भालेकानो ६ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update