- राजन घिमिरे
पदमा रहँदा होस या नरहँदा नै किन नहोस् ? सामाजिक क्षेत्र र यससँग आबद्द कृयाकलापहरूमा लामाे समयदेखि संलग्नता दर्शाउँदै आइरहेका यूवा ब्यक्तित्व हुन स्वतन्त्र प्रताप शाह ।
गैर आबासीय नेपाली संघसँग लामो समयदेखी हातेमालो गर्दै आइरहेका शाहलाई गैर आबासीय नेपालीहरूले जुझारू, बिश्वासिलो र उत्साही यूवाको रूपमा चिन्ने गर्छन् । विविध क्षेत्र, पेशा, तह र तप्कामा पहुँच पुर्याउँन सफल र कृयाशिल शाहले गैर आबासीय नेपाली संघको ( २०२३ -२०२५ ) का लागि केन्द्रीय सचिब पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।
शाहको यो निर्णयलाई गैर आबासीय नेपालीहरूले सकारात्मक रूपमा हेरेका छन् -‘ सही ब्यक्ति अनि सही पदको उम्मेदवारी हो यो । यो पदमा शाहले राम्रो समर्थन पाउंने देखिन्छ -‘ गैर आबासीय नेपालीहरु स्वतन्त्र प्रताप शाहको बारेमा यसै भन्छन् ।
शाहले आफ्ना प्रतिबद्धता र आगामी दिनमा आफूले चाल्ने विविध कुराहरूका बारेमा क्रमश सार्वजनिक गर्दै जाने बताएका छन् ।