NRN

सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको ‘कल्ले खायो दर’ तीज गीत सार्वजनिक भएको छ । याे तीजको गीत आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हाे । 

शब्द रचना वसन्त योगीले गर्नु भएको हो भने स्वर पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीले दिनु भएको छ । साे गीतलाई संगीत तथा एरेन्ज पुष्कर सुनुवारले गर्नुभएको हो ।  

चर्चित मोडेल अञ्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको छ भने गीतमा आमाको भूमिका कृष्णकुमारी महतले निभाउनु भएको छ । प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन एवं प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियो पूर्ण प्याकेज देखिन्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update