NRN
पाल्पामा स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ८ जना घाइते

पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बिहान साढे ८ बजे भाडाको स्कार्पियो पहिरोमा पर्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जानकारी दिए। पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो।

पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update