NRN
सुन तस्करी प्रकरण : हङकङ जाँदै सीआईबीका उच्च अधिकृत

नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको छ।

सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाउने भएको हो । जुन पहलमा सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउन लागिएको हो ।

राजस्व अनुसन्धान विभागबाट हुँदै आएको सुन तस्करी छानबिनको जिम्मा सरकारले सीआईबीलाई गत १२ साउनमा सुम्पिइसकेको छ।

गत ३ साउनमा हङकङबाट नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला बरामद गरेको थियो। सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो। सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update