NRN
एसिया कपमा नेपालकाे उत्कृष्ट सुरुवात, पाकिस्तानी दुवै ओपनर आउट

एसिया कप २०२३ अन्तर्गत अहिले नेपालले पाकिस्तानसँग खेलिरहेको छ। साे खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपालले पहिले बलिङ गर्दै पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ ।पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भएका हुन् ।

छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् ।

सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका हुन् ।

पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update