NRN
‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।  

शुक्रबार बिहान बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपास अभियान रहेका जानकारी दिएकाे हाे । बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुने र ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गर्ने तर यदि त्यसो नभए  नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने जनाएको छ ।

कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन् । बैठकले  निर्णय गरे अनुसार असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने छ ।

गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने तथा त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ । 

 

पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update