NRN
‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’ हालान्डलाई

इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डले सन् २०२२/२३ को  ‘यूइएफए प्लेयर अफ द इयर’ अवार्ड सिटीकै केभिन डी ब्रुएन र अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पछि पार्दैअवार्ड हात पारेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् ।

हालान्डले सबै खेलमा गरी ५२ गोल गरेका थिए ।

गत सिजन सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि जित्दै ट्रेबल पूरा गर्दा हालान्डले सिटीका लागि सर्वाधिक गोल गरेका थिए ।

महिलातर्फ बोनमाटी उत्कृष्ट खेलाडी

प्रिमियर लिग क्लबबाट हालान्डले एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत कायम गरेका थिए । सिटीकै पेप गुआर्डियोला उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे । यता, स्पेनकी आइताना मोनमातीले महिलातर्फको अवार्ड हात पारिन् । बार्सिलोनाकी मिडफिल्डर बोनमातीले अस्ट्रेलियाकी साम केर र स्पेनकै ओल्गा कार्मोनालाई पछि पार्दै प्लेयर अफ द इयरको अवार्ड हात पारिन् ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update