NRN
‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’मा मनीषा र दिव्या दत्ता

त्रिदिवसीय साहित्य महोत्सव  ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’का सम्पूर्ण सेसनहरुको तालिका सार्वजनिक भएको छ। भदौ १५ गते (शुक्रबार)बाट सुरु हुने साहित्य महोत्सवमा करिब ५ दर्जन सेसनहरु हुने आयोजकद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको हो ।

दक्षिण एसियाका नेपाललगायत भारत, भुटान, बंगलादेश र श्रीलंकासमेतका लेखक तथा कलाकारहरु भेला हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।

कुल ५७ वटा सेसन रहेको महोत्सवको पहिलो दिनको पहिलो सेसन सेसनमा डा. विवेक डेब्रोय, जगमान गुरुंग, प्रो. अवधेष प्रधान र प्रो. बिना पौडेलले  ‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’ शीर्षकमा छलफल गर्नेछन्।

सूर्य नेपाल काठमाडौँ कलिङ साहित्य महोत्सवमा सहभागी पहिलो दिनकाे मुख्य आकर्षण बलिउड अभिनेत्री तथा लेखिका दिव्य दत्ता रहने उनले आफ्नो सिनेमा यात्राबारे प्रस्तुति दिनेछिन् भने दोस्रो दिनको मुख्य आकर्षण बलिउड तथा नेपाली सिनेमा क्षेत्रमा काम गरेकी अभिनेत्री मनिषा कोइराला रहनेछिन्। दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे यी दुई अभिनेत्रीकाे एउटै मञ्चमा अन्तक्र्रिया गर्ने कार्यक्रम छ।

दोस्रो दिन नै हरहर शम्भो गीतकी ट्रेन्डिंग गायिका अभीलिप्सा पान्डाले आफ्नो प्रस्तुतिमार्फत् दर्शकलाई मनोरञ्जन गराउने छिन्। हरेक दिन कविता, गजल तथा कथा वाचनसमेत गराइ मनोरञ्जन गरिने छ । 

महोत्सवमा तेस्रो दिनको प्रमुख आकर्षण ललितपुरका मेयर चिरिबाबु महर्जन रहनेछन्। ललितपुरकै होटल हिमालयमा हुने कार्यक्रममा मेयर महर्जन र रेणु दाहालसँग हुने अबको कस्तो नगर? शीर्षकको बहसमा यस महोत्सवकी अध्यक्ष रञ्जना निरौलाले सहजीकरण गर्ने छिन्।

आयोजकले यो महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको जनाएको छ ।

'दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरिन् ।'

पहिलो संस्करणजस्तै दोस्रो संस्करणमा पनि हामीले नेपालको बृहद् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने र विश्वकै सोचको केन्द्रको रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौं, काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले भनिन्। ‘यशस्वी प्रज्ञा प्रतिष्ठानु नेपालमा विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्ने संस्था हो भने कलिङ साहित्य महोत्सव भारतको एक अग्रगामी संस्था हो जसले भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान र प्रवर्धन गर्दै आएको छ। सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी प्रायोजन गरेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update