NRN
महिला टी-२० विश्वकप छनोट : बहराइनमाथि नेपालको शानदार जित

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई हराएकाे छ । नेपालले बहराइनलाई १० विकेटले हराउँदै शानदार जित दर्ता गराएको हाे।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले दिएकाे ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा पुरा गर्यो ।

पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएको थियो । 

नेपालकी कविता कुवँरले १४ बलमा ३ चौकासहित नटआउट १७ रन बनाइन र सीता रानामगरले नट आउट रहँदै २ रन बनाइन् भने बाँकी रन अतिरिक्तमा पायो ।

यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।

नेपालले तेस्रो खेल भदौ १७ गते भुटानसँग र चौथो खेल १८ गते कतारसँग खेल्दैछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update