क्रिस भान होलेन काठमाडौंमा
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन शुक्रबार काठमाडौं आइपुगेको छन् । अमेरिकी संसदको एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमै रहँदा होलेन काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा होलेनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने र उनले सरकारी अधिकारी, युवा नेता, सांसद तथा उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा होलेनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १६:११
प्रतिक्रिया दिनुहोस्