NRN
सिन्धुपाल्चोकमा स्कारपियो दुई जनाको मृत्यु

सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलोमा जिप दुर्घटना भएको छ। घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

आज बिहान दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल खसेको हो।

अन्दाजी ३६ वर्षीय उत्तम महर्जन दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने र ४१ वर्षीय सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने बलबहादुर खत्रीकाे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update