NRN
हालान्डको ह्याट्रिकमा सिटी विजयी

एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार फुलह्यामलाई पराजित गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको उक्त खेलमा सिटीले फुलह्यामलाई ५-१ गोलअन्तरले पराजित गरेकाे हाे।

सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गरी जित दर्ता गर्ने क्रममा नाथन आके र जुलियन अल्भारेजले १-१ गोल गरे । साे गाेल गरेकाेदुई मिनेटपछि नै फुलह्यामका लागि टिम रिमले एक गोल फर्काउँदै बराबरीमा ल्याएकाे थियाे।   

सिटीले लिगमा लगातार चार जित हात पारेको छ भने फुलह्यामको यो दोस्रो पराजय हो । यो जित आंगै सिटी प्रिमियर लिगको पहिलो स्थानमा रहेको छ । सिटीको चार खेलमा सत-प्रतिसत नतिजा निकाल्दै १२ अंकमा छ। फुलहम भने चार अंक सहित १३औं स्थानमा छ।

यता चेल्सी भने नटिङ्घम फरेस्टसँग १-० को पराजय भोगेको छ । फरेस्टको जितमा एकमात्र गोल एन्थोनी इलाङ्गाले गरे ।चार खेलमा फरेस्टले दोस्रो जित हात पार्दा चेल्सीको भने दोस्रो पराजय हो ।

अन्य खेलमा टोटेनहमले बर्नलीलाई ५-२ तथा ब्राइटनले न्यूकासललाई ३-१ ले हरायो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update