NRN
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?

नेपाली बजारका लागि नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंक अनुसार आइतबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३५ पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २८ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८७ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९६ पैसा पाइन्छ भने  क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २६ पैसा ताेकिएकाे छ। 

शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम रहेकाे अमेरिकी डलर अघिल्लो दिनको तुलनामा ११ पैसा घटेर आज  एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। 

यस्तै, अघिल्लो दिनको तुलनामा ५२ पैसा घटेर युरोपियन युरो आज युरो एकको खरिदमा आज १४३ रुपैयाँ २१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ। 

यस्तै, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update