NRN
४ जना गैंडाको खागसहित पक्राउ

प्रहरीले गैंडाको खागसहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ हरहर महादेवस्थानबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागिनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगन्जबाट खटिएको प्रहरी टोलीले ७८८ ग्राम खागसहित उनीहरूलाई  नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का कर्ना तामाङ रहेका जनाएको छ ।

अधिकारीका अनुसार ती दुई जनाले दिएको बयानका आधारमा अरु २ जना पक्राउ परेका हुन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update