NRN
दाङमा बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ

दाङकाे देउखुरीस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षिया दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका – २ स्थित आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीया दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी तथा स्कूल बसका सह-चालक पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले आइतबार बिहान ८ बजे उनलाई विद्यालयबाट पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ झरौनीका ४५ बर्षीय रामबहादुर खनाल छन्।

स्कुल बसका सह-चालकले ४ गते दिउँसो कोही नभएको मौका छोपेर खाना पकाउने कोठामा खनालले बालिकालाई बलात्कार गरेको जाहेरी परेको छ । 

पाँच वर्षदेखि विद्यालयको छात्रावासमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सिंहले बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको र खनाललाई म्याद थपका लागि जिल्ला अदालत पठाइएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update