NRN
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज मलेसियाको बांगीमा भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हो ।

समूह 'ए' मा रहेकाे नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले जित हाँसिल गरेसँगै यो प्रतियोगितामा लगातार नेपालको चौथो जित हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन, एलिना खानले १५ रन, एन्जिली मारेले अविजित १४ रन तथा कप्तान आयशाले १० रन बनाइन् ।

नेपालको जितकाे लागि काजल श्रेष्ठले सर्वाधिक २८ बलमा ४ चौकासहित ३२ रन, इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन र सीता रानामगर २३ बलमा १७ रनको योगदान दिइन । नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । 

जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update