प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । साे बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।
संसद सचिवालयलका प्रवक्ता एकराम गिरीका अनुसार एक जना सांसदले एउटा मन्त्रालयसँग सम्बन्धित दुई वटासम्म प्रश्न सोध्न पाउने र साे प्रश्नकाेहरुको सम्बन्धित मन्त्रीले संसदमै मौखिक जवाफ दिनुपर्ने व्यवस्था छ ।
बैठकमा संसद सचिवालयका अनुसार सोमबार प्रश्न सोध्नेमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालरहेका छन् भने त्यसको जवाफ सम्बिन्धित मन्त्रीले दिनुपर्ने छ ।
संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।