NRN
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।

आइतबार बिहान ती पुरुष अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।

‘बिहान चार बजेतिर माथिबाट हाम फालेर मृत्यु भएको पाइयो, ‘माथि वरिपरि सबै बन्द छ, छैटौं तलाको एउटा झ्याल खुल्ला रहेछ, अरू काहीं छैन ठाउँ।’ अन्दाजी ३५/४० वर्षका ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन।’ मिश्रले भने, मृत्यु भएका व्यक्तिको शवलाई शिक्षण अस्पतालमा पठाइएकाे छ। ‘सनाखत भएन, (प्रहरीले) मुचुल्का उठायो। मुचुल्का उठाएपछि त्यस्ता बेवारिसे शव टिचिङमा पठाइदिन्छौं। टिचिङले राख्छ,’।

अस्पताल स्रोतले राति २:१५ बजे तिर उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका बतायो। सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएता पनि कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update