३८ रन बनाएर कुशल भुर्तेल आउट
श्रीलंकामा जारी एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।
भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको हो।
नेपालका ओनपर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए।
भुर्तेलले छैटौं ओभरमा भारतका मोहमद सिरिजलाई लगातार चौका र छक्का हिर्काएका थिए।
यद्यपी भुर्तेलको पहिलो ओभरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।
नेपालका लागि आसिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १६:२५
प्रतिक्रिया दिनुहोस्